Section 15
प्रदूषण नियन्त्रण
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलापबाट हुने प्रदूषण वा जोखिमपूर्ण पदार्थ निष्कासन वा उत्सर्जनबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ।
(२) कसैले पनि जनजीवन, जनस्वास्थ्य एवं वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी प्रदूषण गर्न वा उपदफा (१) बमोजिम नेपाल सरकारले निर्धारण गरेको मापदण्ड विपरीतको कुनै काम गर्न वा गराउन हुँदैन।
(३) हिमाल आरोहण पदयात्रा, दृश्यावलोकन वा अन्य कुनै प्रयोजनको लागि हिमालय वा उच्च पहाडी क्षेत्रमा जाने कुनै पनि व्यक्ति वा समूहले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड विपरीत हुने गरी प्रदूषण गरी वातावरणमा प्रतिकूल प्रभाव पार्ने कार्य गर्न वा गराउन हुँदैन।
(४) उपदफा (२) वा (३) विपरीत कसैले कुनै कार्य गरी वातावरणमा प्रतिकूल प्रभाव पारेको देखिएमा विभागले सम्बद्ध व्यक्ति, समूह वा संस्थालाई प्रदूषण न्यूनीकरण वा निराकरणको उपाय अवलम्बन गर्न निर्देशन दिन; आवश्यक शर्त तोक्न वा वातावरणमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै कार्य गर्न नपाउने गरी रोक लगाउन सक्नेछ।
(५) कुनै पदार्थ, इन्धन, औजार, यन्त्र वा उपकरणको प्रयोगबाट वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव परेमा वा पर्न सक्ने देखिएमा विभागले आवश्यक कारबाहीको लागि मन्त्रालयमा लेखी पठाउन सक्नेछ।
(६) उपदफा (५) बमोजिम विभागबाट लेखी आएमा मन्त्रालयले सरोकारवाला निकाय वा अन्य सरोकारवालासँग आवश्यक परामर्श गरी त्यस्तो पदार्थ, इन्धन, औजार, यन्त्र वा उपकरणको प्रयोगमा वा त्यस्ता सामग्रीको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा रोक लगाउन सक्नेछ र त्यसरी रोक लगाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
(७) उपदफा (१) बमोजिम निर्धारण भएको मापदण्डको पालनाको सम्बन्धमा विभागले समय समयमा अनुगमन तथा मूल्याङ्कन गर्नेछ।
(८) प्रदूषण नियन्त्रण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।